काठमाडौं, २ मंसिर । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. सरोज शर्मालाई नियुक्त गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. शर्मालाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत थप जिम्मेवारी प्रदान गरेका हुन् ।
मन्त्रिपरिषद्बाट नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी दिइएको हो ।
यसअघि बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबार समाप्त भएको थियो । यस्तै बोर्डका अध्यक्ष रहेका डा. गुणराज लोहनीले गत भदौको अन्तिम साता राजिनामा दिएपछि अध्यक्ष विहीन छ ।