काठमाडौं, ५ मंसिर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तान्ने भएको छ ।
अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट २१ दिनका लागि उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।
उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणमा लगानी गर्नेले सावाँ तथा ब्याज र ब्याज भुक्तानी २६ मंसिरमा हुनेछ ।