काठमाडौं, ६ मंसिर । बोटलर्स नेपाल(तराई) लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।
मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।