काठमाडौं, १६ मंसिर । स्थानीय बजारमा कुखुराको अन्डाको मूल्य घटेको छ । गत २० कात्तिकमा तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको हो ।
नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार आजदेखि लागु हुनेगरि मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय ४० तोकिएको छ । गत २० कार्तिक २० मा संघले यस्तो अण्डाको मूल्य प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो ।
यस्तै, ठूलो अन्डाको मूल्य यसअघि ५ सय ५ रुपैयाँ रहेकोमा आजदेखि प्रतिक्रेट ४ सय ५५ रुपैयाँ लागु भएको छ ।
त्यस्तै, सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य यथावत नै रहेको संघले जनाएको छ । अहिले एक्सएल अन्डा प्रतिक्रेट ५ सय २० रुपैयाँमा बिक्री भइरहेको छ ।