काठमाडौं, १७ मंसिर । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् ।
प्रधानमन्त्री ओली ४ दिने औपचारिक भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन उडेका हुन् । ओली २० मंसिरमा स्वदेश फर्किनेछन् ।