काठमाडौं, दक्षिण कोरियाको प्रहरीले बुधबार राष्ट्रपति युन सुक–योलको कार्यालयमा छापा मारेको छ । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालयमा बुधबार छापा मारेको हो ।
त्यस्तै सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।
राष्ट्रपति युनले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा रुपमा विभिन्न ठाउँमा छापा मारिएको हो ।
योनहापको रिपोर्टअनुसार, छापाको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा उपस्थित थिएनन् । गत हप्ता मंगलबार र बुधबारको बीचमा राष्ट्रपति युन सुक–योलले देशमा सैनिक शासन लागु गरेका थिए ।
तर, चर्काे विरोध भएपछि उनले छ घण्टाभित्रै आफ्नो निर्णय फिर्ता लिएका थिए । युनको यो कदमपछि दक्षिण कोरियामा उनीविरुद्ध व्यापक विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान पनि भइरहेको छ