काठमाडौं, २ पुस । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ९५ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ३३ दशमलव ८७ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन ५१.३७ अङ्कले घटेको नेप्से परिसूचक २,६३० विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकम भने घटेको छ । ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर ५३ हजार ९५७ पटक किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन आइतबार ५ अर्ब ९३ करोडको कारोबार भएको थियो ।
मंगलबार ३१८ धितोपत्र कारोबारमा आए, जसमध्ये ११७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ११७ धितोपत्रको मूल्य घट्दा १० वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढेको छ भने ५ वटा समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सर्वाधिक शून्य दशमलव ८७ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार समूहको ०.५९, माइक्रोफाइनान्सको ०.५६, निर्जीवन बीमाको ०.१९, होटल एन्ड टुरिजमको ०.१८, बैकिङ समूहको ०.१७, हाइड्रोपावरको ०.१४ र अन्य समूहको उपसूचक ०.१३ प्रतिशतले बढेको छ ।
आज विकास बैंक समूहको उपसूचक ०.६५, म्युचुअल फन्डको ०.४८, उत्पादनमुलक समूहको ०.४४, लगानी समूहको ०.२१ र जीवन बीमाको उपसूचक ०.१५ प्रतिशतले घटेको छ ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै जानकी फाइनान्सको ९.८५, डोल्टी पावर कम्पनीको ९.०९, गुँरास लघुवित्त वित्तीय संस्थाको ८.४२ र नारायणी डिभलपमेन्ट बैंकको ६.९८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै आरबीबी म्युचअल फन्डको ५.४८ प्रतिशत र रिभर फल्स पावर कम्पनीको ५.२३, नेश्नल हाइड्रोपावरको ४.०४ र सानिमा ग्रोथ फन्डको ३.०९ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा जानकी फाइनान्स, नेपाल फाइनान्स, रिभर फल्स, बेस्ट फाइनान्स र डोल्टी पावर कम्पनी क्रमशः अगाडि छन् ।