काठमाडौं, २३ पुस । ङादी ग्रुप पावर लिमिटेडले आज (मंगलबार) देखि हकप्रद शेयर निष्काशन तथा बिक्रि खुला गरेको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको प्रतिशेयर रू. १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीको हकप्रद शेयरमा माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ ।