काठमाडौं, २८ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।