काठमाडौं, २६ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से ३ दशमलव ४४ अङ्कले घटेर दुई हजार ६६६ दशमलव ६१ बिन्दुमा कायम भएको छ ।
आज १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १२१ धितोपत्रको शेयर मूल्य बढ्दा १२३ को घटेको छ । यसदिन कुल ३२१ धितोपत्र कारोबारमा आएका छन् ।
आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ । यसदिन उत्पादन तथा प्रशोधन समूहको उपसूचक सर्वाधिक १ दशमलव ५७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा शून्य दशमलव १३, शून्य दशमलव ७ र फाइनान्स शून्य दशमलव ६ प्रतिशतले बढेको छ ।
त्यस्तै अन्य समूहको उपसूचक सर्वाधिक शून्य दशमलव ५७, हाइड्रोपावरको शून्य दशमलव ४९, होटल तथा पर्यटनको शून्य दशमलव ४८ र लगानी समूहको उपसूचक शून्य दशमलव २५ प्रतिशतले घटेको छ ।
मंगलबार बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको ९ दशमलव ९९, मेलुङ खोला जलविद्युत्को ४ दशमलव ०४, गुँरास लघुसवत्तको ३ दशमलव ९३ प्रतिशतले मूल्य बढेको छ ।
आज बारही हाइड्रोपावरको ५ दशमलव ८५, सामुदायिक लघुवित्तको ४ दशमलव ६२ र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य ४ दशमलव ६२ प्रतिशतले ह्रास आएको छ ।