काठमाडौं, २७ चैत । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । ७ वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् ।
जसमध्ये ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ । यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । छिटोमा वैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण रुपमा बिक्री नभएमा २१ गतेसम्म लगानी आवेदन दिन सकिनेछ ।
पूर्ण सरकारी स्वामित्वको यो बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल छ । गत पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ नै ३२९ रुपैयाँ ८४ पैसा छ भने १ अर्ब २५ करोड सञ्चित नोक्सानी छ । यस्तो ऋणपत्र बैंकहरुमा धितो राखेर ऋण लिन सकिन्छ भने दोस्रो बजारमा किनबेच पनि गर्न सकिन्छ ।