काठमाडौं, २८ चैत । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज एकै दिन सुनको मूल्य तोलामा ५ हजार ७ सय रुपैयाँले बढ्दै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि चैत २१ गते १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड बनाएको थियो । यो मूल्य पनि आज कारोबार भएको मूलयले तोडेको छ ।
बुधबार सुन तोलामा २ हजार रुपैयाँले घटेर एक लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढेको छ । आज चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।