चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को आठ महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जाने विद्यार्थी मार्फत ८८ अर्ब ९८ करोड रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण अनुसार चालू आवको शिक्षातर्फको व्यय ८८ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो, जुन गत वर्षको यसै अवधिको तुलनामा ११ दशमलव ०३ प्रतिशतले बढी हो । गत आवको फागुनसम्ममा उच्च शिक्षाका लागि विदेशी मुलुक जाने विद्यार्थी मार्फत ८० अर्ब १४ करोड रुपैयाँ विदेशिएको थियो ।
चालू आवको फागुनसम्ममा सेवा खाता अन्तर्गत भ्रमण व्यय २० दशमलव ६ प्रतिशतले वृद्धि भई १ खर्ब ४८ अर्ब ११ करोड पुगेको छ, जसमध्ये शिक्षातर्पmको व्यय ८८ अर्ब ९८ करोड रहेको राष्ट्र बैंकले जलनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब २२ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत चालू आवको फागुनसम्ममा भ्रमण आय ९ दशमलव ७ प्रतिशतले वृद्धि भई ५६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ६९ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद सेवा आय ७५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको छ । गत आवको फागुनसम्ममा खुद सेवा आय रु.४३ अर्ब ६३ करोडले घाटामा रहेको थियो।