काठमाडौं, २९ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । चैत्र २८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको चुक्ता पूँजी हाल २ खर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ रहेको छ । कम्पनीले लाभांशका लागि करसहित ३९ रोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ छट्याएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।