काठमाडौं, २ वैशाख । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन नेपाल स्टक एक्चे (नेप्से)ले सुखद् स्वागत गरेको छ । मंगलबार नेप्से परिसूचक २६ दशमलव ५५ ङ्कले बढेको छ, यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ८८ दशमलव ५५ को विन्दुमा कायम भएको छ ।
०८१ को अन्तिम कारोबार दिन आइतबार नेप्से सूचक ८.८४ अंकले घटेर २, हजार ६६१ को विन्दुमा बन्द भएको थियो ।
यस वर्षको पहिलो दिन कारोबार रकममा समेत उछाल आएको छ । गत वर्षको अन्तिम दिन आइतबार ६ अर्ब २८ करोड रुपैयाँ कारोबार भएकोमा आज ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार ३६४ पटक किनबेच भएको छ ।
मंगलबार ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये २१२ धितोपत्रको मूल्य बढेको छ भने ३४ धितोपत्रको मूल्य घटेको छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअल फन्ड र व्यापार समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन लगानी समूहको उपसूचक सर्वाधिक २.७१ प्रतिशतले बढेको छ । त्यस्तै विकास बेंकको २.४६, होटल एन्ड टुरिजममको १.९९, फाइनान्सको १.५९, हाइड्रोपावरको १.४७, म्युचुअल फन्डको १.२२, निर्जीवन बीमाको १.०७, जीवन बीमाको ०.८१, माइक्रोफाइनान्सको ०.६०, बैंकिङ समूहको ०.४८ र अन्य समूहको उपसूचक ०.६१ प्रतिशतले बढेको छ ।
यस वर्षको पहिला कारोबारको दिन तीन बैंकका शेयर मुल्यमा सकारात्क सर्किट लागेको छ । सर्किट लाग्नेमा कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक र सप्तकोशी विकास बैंक रहेका छन् । त्यस्तै नेपाल माइक्रो इन्स्युरेन्सको ९.९९,क्रेष्ट माइक्रो लाइफ इन्स्युरेन्सको ९.९८, गुँरास लघुवित्तको ९.५८ र सुपर मादी हाइड्रोको ६.११ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज बलेफी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.६९ प्रतिशतले घटेको छ । त्यस्तै, वीन नेपाल लघुवित्तको ६.१७, एनआइबीएल स्टुबल फन्डको ३.७२, आत्मनिर्भर लघुवित्तको ३.७१ र अपर सोलू हाइड्रोको ३.२८ प्रतिशतले शेयर मूल्य घटेको छ ।