काठमाडौं, ११ वैशाख । पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनकिो शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ निष्काशन गरेकोे थियो ।
कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेका कारण लाखौं लगानीकर्ताको हात खाली भएको छ । गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये शेयर पाउनेको संख्या ६.४ प्रतिशत हो ।
आईपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकामा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र स्वीकृत भएको थियो ।
बाँकी १७ लाख २७ हजार १४४ जनाको हात खाली भएको छ ।
लगानीकर्ताले आईपीओको नतिजा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र मेरो शेयर एकाउन्टबाट हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले नतिजा हेर्न बनाएको वेबसाइट र कम्पनीको वेबसाइटबाट पनि हेर्न सकिने छ ।