काठमाडौं, ११ वैशाख । बिहीबार नेपाली बजारमा सुनको मुल्य समान्य बढेको छ । बुधबारको तोलामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाामा ७ हजर ५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी मुल्य पनि तोलामा ४५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।