काठमाडौं, १६ वैशाख । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोमी मुल्य मै कारोबार भइरहेको महासंघले जनाएको छ ।