काठमाडौं, २१ वैशाख । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्राितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।