काठमाडौं, २३ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव २६ अङ्कले बढेर दुई हजार ६१४ दशमलव ६७ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ०५ लाख ४२ हजार ७६४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड ७६ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १२० धितोपत्रको शेयर मूल्य बढ्दा १२६ को घटेको छ । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार व्यापार समूहको उपसूचक सर्वाधिक २ दशमलव ०७ प्रतिशतले बढेको छ । हाइड्रोपावर १ दशमलव ५४, निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ६६, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ३३ प्रतिशतले बढेको छ । यसदिन अन्य १ दशमलव ४, फाइनान्स १ दशमलव १, होटेल तथा पर्यटन शून्य दशमलव २७, माइक्रोफाइनान्स शून्य दशमलव १७, विकास बैंक शून्य दशमलव ९, लगानी शून्य दशमलव ४, म्युचुअल फण्ड शून्य दशमलव ०४ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स रहेका छन् । त्यस्तै आम मेगाश्री ९ दशमलव ९८, रिदी पावर ९ दशमलव ९१ र ग्रिन भेन्चर्सको शेयर मूल्य ६ दशमलव ९४ प्रतिशतले बढेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्ट, मकर जितुमय सुरि हाइड्रोपावरको ९ दशमलव ३ प्रतिशतले बढेको छ ।
यसदिन विन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै सप्तकोशी डेभलपमेण्ट बैंकको ७ दशमलव ७६, हिमालय पावर पार्टनर ५ दशमलव ७३, ग्रिन डेभलपमेण्ट बैंक ५ दशमलव ५७ र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्यमा ५ दशमलव १२ प्रतिशतले ह्रास आएको छ ।