काठमाडौं, २९ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को चैतसम्ममा कुल आन्तरिक कर्जा २ दशमलव ५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा उक्त कर्जा १ दशमलव ८ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो कर्जा ६.८ प्रतिशतले बढेको छ ।
चालू आवको चैतसम्ममा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २१ दशमलव २ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो दाबी १७ दशमलव २ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो दाबी १.२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.२ प्रतिशतले बढेको छ । गत आवको चैतसम्ममा यस्तो दाबी ५.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिकोदाबी ८.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।