काठमाडौं, १ जेठ । लाईफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड (नेपाल) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सको बुधबार बसेको सञ्चालक समितिको बैठकको हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको को १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिनेछ ।