काठमाडौं, ४ जेठ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा ३ हजारले घटेर १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।