काठमाडौं, ६ वैशाख । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।