काठमाडौं, ८ जेठ । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ४० अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ८८ दशमलव ९१ को बिन्दुमा बन्द भएको छ । बुधबार ७ अङ्कले घटेको परिसूचक २ हजार ट सय ६९ को बिन्दुमा कायम थियो ।
आज परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १० अर्ब ६९ करोड कारोबार भएकोमा आज ९ अर्ब ८२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । यस दिन २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर ८६ हजार ६८५ पटक किनबेच भएको छ ।
बिहीबार ३१४ धितोपत्र कारोबारमा आए, जसमध्ये १०४ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १४२ धितोपत्रको मूल्य घटेको छ भने एउटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये चार समूहको उपसूचक बढ्दा बाँकी समूहको घटेको छ । यस दिन बैंकिङ समूहको उपसूचक सर्वाधिक ३ दशमलव ९४ प्रतिशतले बढेको छ । त्यस्तै माइक्रोफाइनान्सको २.६१, क्युचुअल फन्डको ०.१७ र निर्जीवन बीमा समूहको उपसूचक ०.४ प्रतिशतले बढेको छ ।
आज होटल एन्ड टुरिजम समूहको उपसूचक सबैभन्दा धेरै २ दशमलव ७८ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावर समूहको उपसूचक १.१०, उतपादनमुलक समूहको ०.६९, विकास बैंकको ०.४१, लगानी समूहको ०.४३, व्यापार समूहको ०.३६, फाइनान्सको ०.३०, जीवन बीमाको ०.२२ र अन्य समूहको उपसूचक ०.१८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बिहीबार ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एनआईसी एसिया बैंकको ८.११, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ८.०६, कुमारी बैंकको ६.५३ र एनएमबी माइक्रोफाइनान्स लघुवित्तको ५.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज बाराही हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै एमबीएल इक्यूटी फन्डको ९ प्रतिशत, तारा गाउँ रिजेन्सी होटलको ५.६७ र एशियन हाइड्रोपावरको ४.५६ प्रतिशतले शेयर मूल्य घटेको छ ।