काठमाडौं, ११ जेठ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।