काठमाडौं, ११ जेठ । यस साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ दशमलव ५७ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ७९ दशमलव ४१ को बिन्दुमा बन्द भएको छ । बिहीबार १९ अङ्कले बढेको परिसूचक २६८८ को बिन्दुमा कायम थियो ।
आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ९ अर्ब ८२ करोड कारोबार भएकोमा आज ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर ७० हजार ६१० पटक किनबेच भएको छ ।
आइतबार ३१४ धितोपत्र कारोबारमा आए, जसमध्ये १४८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९९ धितोपत्रको मूल्य बढेको छ भने एउटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये माइक्रोफाइनान्स र व्यापार समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन म्युचुअल फन्ड समूहको उपसूचक सबैभन्दा धेरै २.९६ प्रतिशतले घटेको छ । त्यस्तै होटल एन्ड टुरिजमको १.७५, विकास बैंकको १.४६, लगानी समूहको १.०३, फाइनान्सको ०.९९, काबैंकिङको ०.६६, हाइड्रोपावरको ०.३६, जीवन बीमाको ०.३३, निर्जीवन बीमाको ०.१०, उत्पादनमुलक समूहको ०.०३ र अन्य समूहको उपसूचक ०.४५ प्रतिशतले घटेको छ ।
आइतबार ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै रिभर फल्स पावरको ७.५६, लक्ष्मी लघुवित्तको ६.२८, उन्नति सहकार्य लघुवित्तको ६.१६ र नेरुडे मिर्मिरे लघुवित्तको ५.८५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ८.२८ प्रतिशतले घटेको छ । त्यस्तै बाराही हाइड्रोपावरको ६.७६, सप्तकोशी विकास बैंकको ५.०७, ग्रीन डिभलपमेन्ट बैंकको ३.९२ र दोर्दी जलविद्युत कम्पनीको ३.३० प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन पावर पार्टनर क्रमशः अगाडि छन् ।