काठमाडौं, १२ जेठ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्ला कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा काराबार भएको थियो ।