काठमाडौं, १२ जेठ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव २१ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ७४ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।
आज परिसूचकसँगै कारोबार पनि घटेको छ । आइतबार ७ अर्ब ६० करोडको कारोबार भएकोमा आज ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ७१ लाख ६० हजार कित्ता शेयर ६९ हजार ६५१ पटक किनबेच भएको छ ।
सोमबार ३३७ धितोपत्र कारोबारमा आए, जसमध्ये १५५ धितोपत्रको मूल्य घटेको भने ९२ धितोपत्रको मूल्य बढेको छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये चार वटा समूहको उपसूचक बढ्दा बाँकी सबैको घटेको छ । यस दिन माइक्रोफाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ । त्यस्तै होटल एन्ड टुरिजमको १.०७, निनर्जीवन बीमाको ०.४४, जीबन बीमाको ०.२४, बैंकिङ समूहको ०.१५, लगानी समूहको ०.११, फाइनान्सको ०.०२ र अन्य समूहको उपसूचक ०.५७ प्रतिशतले घटेको छ ।
आज व्यापार समूहको उपसूचक सर्वाधिक ०.६९ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनमुलक समूहको ०.६९ बैंकिङ समूहको ०.३२ र म्युचुअल फन्डको ०.३२ प्रतिशतले बढेको छ ।
सोमबार ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै उपकार लघुवित्तको ६.१९, उन्नती सहकार्य लघुवित्तको ४.३१ र बोतलर्स नेपाल (बालाजु) लिमिटेडको ३.८८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज गुँरास लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै बाराही हाइड्रोपावरको ९.८५, अभियान लघुवित्तको ३.९२ र नादेप लघुवित्तीय संस्थाको ३.६५ प्रतिशतले शेयर मूल्य घटेको छ ।