काठमाडौं, १४ जेठ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले (कर प्रयोजन सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।