काठमाडौं, १४ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६९२ दशमलव १८ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ०७ लाख ५९ हजार ५४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड ६० लाख बराबरको कारोबार भएको छ । मंगलबार ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १४८ धितोपत्रको शेयर मूल्य बढ्दा ९७ को घटेको छ । यस्तै २ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२३ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार विकास बैंक १ दशमलव ७५, विकास बैंक १ दशमलव २७, होटेल तथा पर्यटन शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५४, म्युचुअल फण्ड शून्य दशमलव ११, हाइड्रोपावर शून्य दशमलव ७ र लगानी समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छ । जीवन बीमा शून्य दशमलव १८, माइक्रोफाइनान्स शून्य दशमलव १४, अन्य शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव ०७ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले ह्रास आएको छ ।
आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा ओम मेगाश्रीको, ग्रिन डेभलपमेण्ट बैंक र पियर इनर्जी रहेका छन् । यस्तै अरुण काबेली पावर ६ दशमलव ५२ र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्य ५ दशमलव ५८ प्रतिशतले बढेको छ ।
आज बारही हाइड्रोपावर ६ दशमलव ८४, दिव्यश्वरी हाइड्रोपावर ४ दशमलव ८४, नेपाल माइक्रो इन्सुरेन्स ४ दशमलव ६२ र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य ४ दशमलव ५७ प्रतिशतले घटेको छ ।