काठमाडौं, १५ जेठ । चालू आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९ दशमलव ४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालू आवको बजेटको संशोधित अनुमान पेश गरेका हुन् ।
यस वर्ष सकरारले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ, जसमध्ये अब १६ खर्ब ६२ अर्ब अर्थात ८९ दशमलव ४ प्रतिशतमा अर्च हुने अनुमान सरकारले गरेको हो ।
चालु खर्च विनियोजनको ८८ दशमलव ५ प्रतिशत र पूँजीगत तर्फ ८३ प्रतिशत प्रतिशत हुने सरकारको अनुमान छ । वित्तीय व्यवस्थातर्फ भने ९७ दशमलव ६ प्रतिशत खर्च हुने भएको छ ।
चालू आवमा राजस्व परिचालन १७ दशमलव १ प्रतिशतले बढ्ने अनुमान गरिएको अर्थमन्त्रीले बताए ।