काठमाडौं, १६ जेठ । केही दिन यता लगातार घटिरहेका सुनको मूल्य शुक्रबार भने बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन तोलाको १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।