काठमाडौं, १९ जेठ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ७७ अङ्कले बढेर दुई हजार ६९५ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।
आज २ करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ६३ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ११५ धितोपत्रको शेयर मूल्य बढ्दा १३३ को घटेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार लगानी २ दशमलव ३७, होटेल तथा पर्यटन २ दशमलव १५, जीवन बीमा शून्य दशमलव २५, अन्य शून्य दशमलव ३१, फाइनान्स शून्य दशमलव १७, म्युचुअल फण्ड ११, निर्जीवन बीमा शून्य दशमलव ०८ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।
यसदिन उत्पादन तथा प्रशोधन शून्य दशमलव ५१, बैंकिङ शून्य दशमलव ४५, हाइड्रोपावर शून्य दशमलव २८, विकास बैंक शून्य दशमलव २२ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव १४ प्रतिशतले ह्रास आएको छ ।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा ओम मेगाश्रीको, ग्रिन डेभलपमेण्ट बैंक र पियर इनर्जी रहेका छन् । यस्तै न्यादी हाइड्रोपावर ८ दशमलव ७२, हाइड्रोइलेक्ट्रि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट६ दशमलव ५९ सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर मूल्य ५ दशमलव ६७ प्रतिशतले बढेको छ ।
आज भुगोल इनर्जी डेभलपमेण्ट ६ दशमलव २४, पिपुल्स पावर ३ दशमलव ३५ र उपकालघुवित्तको शेयर मूल्य ३ दशमलव २२ प्रतिशतले घटेको छ ।