काठमाडौं, २३ जेठ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।