काठमाडौं, २६ जेठ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयर धनीलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
त्यसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।