काठमाडौं, २७ जेठ । नेपाली बजारमा सोमबार आज पनि सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।