काठमाडौं, २८ जेठ । उद्यमशीलता, उत्पादनशीलता र रोजगारी प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा घटेको छ । चालु आर्थिक वर्ष (आव)को दश महिनामा यस्तो कर्जा ३१ प्रतिशतले खुम्चिएको हो । सरकारको ब्याज अनुदान निकासा प्रवाहित भएपछि सहुलियतपूर्ण कर्जामा असर परेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बजारमा कायम सहुलियतपूर्ण कर्जा गत वैशाखसम्ममा ४४ दशमलव ८८ प्रतिशत अर्थात् ३० अर्ब ९७ करोड रुपैयाँ घटेको छ । साउनमा १ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा गत वैशाखसम्म आइपुग्दा घटेर ८७ अर्ब ५३ करोड रुपैयाँमा सिमित भएको छ ।
२०८१/८२ को वैशाखसम्म बजारमा कायम ब्याज अनुदान कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा छ । यो क्षेत्रमा बजारमा कायम कुल अनुदानको ७१ दशमलव ६८ प्रतिशत अर्थात् ६२ अर्ब ७५ करोड रुपैयाँ छ । यसैगरी महिला उद्यमशीलतातर्फ २३ अर्ब ५६ करोड, कपडा उद्योगतर्फ ८६ करोड, दलित समुदायतर्फ १८ करोड र विदेशबाट फर्केका युवा परियोजनातर्फ १३ करोड रुपैयाँ ब्याज अनुदान कर्जा बजारमा कायम रहेको तथ्याङ्क छ ।
स्रोत : नेपाल राष्ट्र बैंक