काठमाडौं, २९ जेठ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको चादी आज २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।