काठमाडौं, ३० जेठ । मंगलबारदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।