काठमाडौं, १ असार । ट्रेड टावर लिमिटेडको आईपीओ आइतबार (आज) बिहान बाँडफाँट भएको छ । होटल क्रिष्टल, गौशाला, काठमाडौँमा कम्पनीको आईपीओ बाँडफाँट भएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ निष्काशन गरेको थियो ।
सो आईपीओमा २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ३ लाख २९ हजार ६४५ जनाले १० कित्ताका दरले र ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् ।
लगानीकर्ताले आईपीओको नतिजा लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट, मेरोशेयर एकाउन्ट वा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।