काठमाडौं, १ असार । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ८५ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ९० धितोपत्रको शेयर मूल्य बढ्दा १५७ को घटेको छ । यसदिन कुल ३०८ धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार उत्पादन तथा प्रशोधन १ दशमलव ५४, हाइड्रोपावर १ दशमलव १३, व्यापार १ दशमलव ०८, विकास बैंक शून्य दशमलव ४९, होटेल तथा पर्यटन शून्य दशमलव २८ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ ।
यसदिन लगानी शून्य दशमलव ६५, अन्य शून्य दशमलव ६१, फाइनान्स शून्य दशमलव ५६, जीवन बीमा शून्य दशमलव ४७, म्युचुअल फण्ड शून्य दशमलव ३१, माइक्रोफाइनान्स शून्य दशमलव २३ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ४ प्रतिशतले घटेको छ ।
आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा ग्रिन डेभलपमेण्ट बैंक, पियर इनर्जी र छ्याङ्दी हाइड्रोपावर रहेका छन् । यस्तै बरुण हाइड्रोपावर ९ दशमलव ९८ र यूनियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ५ प्रतिशतले बढेको छ ।
आज नेपाल हाइड्रो डेभलपमेन्ट ४ दशमलव ३२, मिड सोलु हाइड्रोपावर ३ दशमलव ९२, कुमारी सवल योजना ३ दशमलव ७८, डोल्टी पावर ३ दशमलव ४६ र गुराँस लभुवित्तको शेयर मूल्य ३ दशमलव ४५ प्रतिशतले ह्रास आएको छ ।