काठमाडौं, ९ असार । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।