काठमाडौं, ९ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ७८ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय दशमलव ७६ को बिन्दुमा बन्द भएको छ । आइतबार ३२ दशमलव १६ अङ्कले घटेको परिसूचक २,५९६ को बिन्दुमा कायम थियो ।
आज परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब १४ करोड कारोबार भएकोमा आज ६ अर्ब ४७ करोड १९ लाखमा खुम्चिएको छ । आज १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक किनबेच भएको छ ।
सोमबार ३२५ धितोपत्र कारोबारमा आए, जसमध्ये १२३ धितोपत्रको मूल्य बढको छ । त्यस्तै १२४ धितोपत्रको मूल्य बढेको छ भने एउटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढ्दा ६ समूहको उपसूचक घटेको छ । यस दिन व्यापार समूहको उपसूचक सर्वाधिक २ दशमलव २० प्रतिशतले बढेको छ । त्यस्तै होटल एन्ड टुरिजम समूहको उपसूचक ०.९०, फाइनान्सको ०.७२, हाइड्रोपावरको ०.४२, लगानी समूहको ०.३७, विकास बैंकको ०.१५ र माइक्रोफाइनान्सको ०.०१ प्रतिशतले बढेको छ ।
त्यस्तै उत्पादनमुलक समूहको उपसूचक ०.६१ प्रतिशतले घटेको छ । जीवन बीमाको ०.३९, म्युचुअल फन्डको ०.३४, निर्जीवन बीमाको ०.२३, विकास बैंकको ०.०९ र अन्य समूहको उपसूचक ०.१९ प्रतिशतले घटेको छ ।
सोमबार जोशी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै पञ्चकन्यामाई हाइड्रोको ९.४२, बरुण हाइड्रोको ५.२७, पाँचथर पावरको ५.१८ र राधी विद्युत कम्पनीको ४.८६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज गँुरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै पियोर इनर्जीको ५.६८, दोर्दी खोला जलविद्युतको ४.८९, सप्तकोशी विकास बैंकको ३.८९ र बोतलर्स नेपाल (बालाजु) को ३.६३ प्रतिशतले शेयर मूल्य घटेको छ ।