काठमाडौं, १२ असार । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ५९५ दशमलव ७४ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ९३ धितोपत्रको शेयर मूल्य बढ्दा १५५ को घटेको छ । यसदिन कुल ३०६ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार विकास बैंक १ दशमलव १६, हाइड्रोपावर शून्य दशमलव १६, माइक्रोफाइनान्स शून्य दशमलव १६, व्यापार र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।
त्यस्तै होटेल तथा पर्यटन १ दशमलव ७५, लगानी शून्य दशमलव ५४, जीवन बीमा शून्य दशमलव ३५, शून्य दशमलव २७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २४, अन्य शून्य दशमलव २४, बैंकिङ शून्य दशमलव १२ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।
आज ग्रिन डेभलपमेण्ट बैंक ९ दशमलव १८, सप्तकोशी डेभलपमेण्ट बैंक ९, बरुण हाइड्रोपावर ८ दशमलव ९३, पिपुल्स हाइड्रोपावर ७ दशमलव १४ र सुपर माइ हाइड्रोपावरको शेयर मूल्य ६ दशमलव ८४ प्रतिशतले बढेको छ ।
यसदिन रिलायबल समृद्वी योजना ९ दशमलव ३, ओम मेगाश्री ५ दशमलव २८, पियोर इनर्जी ४ दशमलव ९६, जोशी हाइड्रोपावर डेभलपमेन्ट ४ दशमलव ११ र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ०२ प्रतिशतले ह्रास आएको छ ।