काठमाडौं, २३ असार । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो ।
कम्पनीले कुल ५० करोड रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा जारी जनाइएको छ ।