काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री ओली (सेप्टेम्बर १६–१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन् ।
प्रधानमन्त्री भएको १ वर्षसम्म पनि ओली भारत भ्रमणमा गएका छैनन् ।
।