काठमाडौं, ६ साउन । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा १७ अर्बबढिको सुन नेपाल भित्रिएको छ ।
भन्सार विभागका अनुसार गत असार मसान्तसम्ममा १७ अर्ब १२ करोड ८९ लाख रुपैयाँ बराबरको १३ लाख ८९ हजार ५१६ ग्राम सुन भित्रिएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा परिणामका आधारमा ५१ दशमलव ३७ प्रतिशतले कमी हो । २०८०/८१ मा २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको २६ लाख ५१ हजार ८६४ ग्राम सुन आयात भएको थियो ।
सरकारले गत आवमा सुनबाट १ अर्ब ८५ करोड ६८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
चालु आव २०८२/८३ को बजेटमार्फत् सरकारले सुनमा विलासितामा कर २ प्रतिशतले बढाएको छ ।