काठमाडौं, ७ साउन । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्ल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।