काठमाडौं, ९ साउन । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन बिहीबार सुन १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।